नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपासँगको एकता भंग भएपछि उज्यालो पार्टीको अध्यक्ष बने कुलमान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य टुटेपछि उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यसअघि पार्टी संरक्षक रहेका घिसिङलाई अध्यक्षमा नियुक्त गर्ने औपचारिक निर्णय गरेको छ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो। पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमानले रास्वापासँगको सहकार्य तोडेका छन्।

सरकारबाट बाहिरिएपछि र रास्वपासँगको सहमति तोडिएपछि कुलमान आफैँ अध्यक्ष भएर पार्टी हाँक्न अग्रसर भएका हुन्।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update