गोरखा–१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
काठमाडौं : ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गोरखा क्षेत्र नम्बर–१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफ्नै गाउँबाट परिवर्तनको सुरुवात गर्ने उल्लेख गर्दै चुनाव लड्ने बताएका हुन् ।
गुरुङले कुन पार्टीबाट उम्मेदवारी दिने खुलाएका छैनन् । यद्यपि पछिल्लो समय उनी काठमाडौं महानगरका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता प्रयासमा सक्रिय देखिँदै आएका छन् ।
गत निर्वाचनमा गोरखा–१ मा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२ १७:४०
प्रतिक्रिया दिनुहोस्


