ओलीको स्थानहद फुकुवा
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।
भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गरेको हो ।
आयोगको २१ गतेको बैठकले ओलीमाथि स्थानहद लगाउने निर्णय गरेको थियो ।
आइतबार आयोगको टोलीले ओली निवास गुण्डु पुगेर ओलीको लिखित स्टेटमेन्ट लिएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ १४:०६
प्रतिक्रिया दिनुहोस्


