नेपाल न्युज प्वाइन्ट डटकम
जाँचबुझ आयोगले गुन्डु पुगेर लियो ओलीको बयान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित बयान पेस गरेका छन् । आयोगसम्बद्ध स्रोतका अनुसार, आयोगले पत्रमार्फत भेट्ने प्रयास गर्दा ओलीले लेखित रूपमा आफ्नो दृष्टिकोण र जवाफ दिएका हुन् ।

स्रोतले भन्यो, ‘ओली निकटका व्यक्तिहरूको संकेत अनुसार आयोगको टोली पत्र लिएर उहाँसँग पुगेको थियो । उहाँले मौखिक नभई लिखित रूपमा जवाफ दिनुभएको छ ।’ आयोगसम्बद्ध स्रोतका अनुसार, ओलीले ६० भन्दा बढी प्रश्नमा केन्द्रित भएर जवाफ लेखेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे आयोगले ओलीसँग आइतबार लिखित बयान लिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update