जाँचबुझ आयोगले ओलीलाई बयानका लागि पठायो पत्र
काठमाडौं : जेनजी आन्दोलनको घटनाबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।
सार्वजनिक रूपमा बयान दिन नजाने बताएका ओलीलाई आयोगले औपचारिक पत्राचार गरेको हो ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका प्रमुख र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिइसकेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिना म्याद दिइएकोमा काम नसकिएपछि एक महिना थप गरिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्


