नेपाल न्युज प्वाइन्ट डटकम
ओली र प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ ।

प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकै रहेको एक घरमा दुई नेताबीच भेटवार्ता भएको हो ।

उनका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक अवस्था, चुनावी वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

दुई नेताबीच शनिबार नै भेट गर्ने तयारी भए पनि प्रचण्ड संखुवासभा भ्रमणबाट फर्कन ढिलाइ भएकाले भेटवार्ता आइतबारका लागि सारिएको थियो । जेनजी आन्दोलनपछि ओली र प्रचण्डबीच यो पहिलो औपचारिक द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहकार्यको सम्भावना लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

साथै, सरकारले चुनावको अनुकूल वातावरण बनाउन नसकेको र शीर्ष नेताहरूमाथि भइरहेको दबाबबारे पनि समीक्षा भएको बताइएको छ । 

प्रचण्ड आइतबार साँझ भारतको दिल्ली जाने कार्यक्रम छ । दिल्ली प्रस्थानअघि भएको यो भेटवार्तालाई समसामयिक राजनीतिक घटनाक्रमका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update