नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित, थपियो केन्द्रीय समितिको म्याद

काठमाडौं : नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रिय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यही पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरिएको बताए ।

उनकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको हो ।

यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विषेश महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४औँ महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update