प्रचण्डको नाम ४ निर्वाचन क्षेत्रबाट सिफारिस
काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रचण्ड कालिकोटबाट सिफारिस भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कालिकोटबाट एकल सिफरिस भएको केन्द्रीय सदस्य प्रेम सिंहले बताए ।
उनका अनुसार प्रचण्डको नाम सर्वसम्मत सिफारिस गरिएको हो । यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट सिफारिस गरिएको थियो ।
प्रचण्डको नाम कालिकोटसहित ४ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १९:२७
प्रतिक्रिया दिनुहोस्


