कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपमा हल बुकिङ
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गतेका लागि हल बुकिङ गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो । विधानअनुसार तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
नियमित महाधिवेशन टरेपछि विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र पारेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा छन् भने सभापति शेरबहादुर देउवा विपक्षमा छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्


