नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन् । 

भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको निर्वाचन र अन्य गतिविधिलगायत विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update