समानुपातिकमा नयाँलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ यसपालि नयाँलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
२०६४ देखि २०७९ सम्म समानुपातिक सांसद भइसकेकाहरूलाई आगामी चुनावको सूचीमा नराखिने पार्टीले जनाएको छ ।
सानेपामा बसेको बैठकले पटक–पटक अवसर पाएकालाई यसपालि समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
आइतबार र सोमबार निर्वाचन आयोगमा सूची बुझाउने तयारीबीच कांग्रेसले नयाँ अनुहार, विशेषगरी युवालाई अवसर दिने भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२ १६:३६
प्रतिक्रिया दिनुहोस्


