सञ्चारमन्त्री खरेलले भेटे ओली
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
ओली निवास गुण्डु पुगेर सञ्चारमन्त्री खरेलले ओलीलाई भेटेका हुन् ।
भेटका क्रममा उनीहरूबीच फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दै छ्न् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ १२:२९
प्रतिक्रिया दिनुहोस्


