देउवा र सञ्चारमन्त्रीबीच भेट, समसामयिक विषयमा छलफल
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् । भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेटेर छलफल गर्दैछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ ११:३६
प्रतिक्रिया दिनुहोस्


