नेपाल न्युज प्वाइन्ट डटकम
आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

यसबारे झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको पनि उनले बताए । शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस भएका थिए ।

लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार नबन्ने उनको आशय थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update