काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरू नसामा लठ्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।
पार्टीको ११औं महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यावाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरू समेत नसामा भेटिने गरेको बताए ।
उनले युवाहरूले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताए । उनले एमालेमा आबद्ध युवाहरू यस्तो दुर्व्यसनीमा नरहेको समेत जिकिर गरे । उनले पार्टीको ११औं महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरूको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यावाद समेत ज्ञापन गरे ।
उनले मुलुकको स्वाधिनताको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।


