नेपाल न्युज प्वाइन्ट डटकम
राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति, १६ गते एकता घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा, नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको हो ।

पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ । उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । 

२०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले २०७८ माघ २५ गते पार्टी छोडेका थिए ।

महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले २०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

601427832_1409954010483763_1962955494774047245_n

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update