नेपाल न्युज प्वाइन्ट डटकम
शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच संवाद जारी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र तीन ठूला दलका शीर्ष नेताबीचको संवाद अन्ततः सुरु भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा छलफल भइरहेको छ ।

भदौ २३–२४ को जेनजी आन्दोलनपछिका प्रधानमन्त्री कार्की अहिलेसम्म शीर्ष नेताबीच भेट भएको थिएन । यद्यपि तल्लो तहका नेतासँग भने संवाद गर्दै आएकी थिइन् । 

संवादहिनताका कारण आलोचना बढेपछि प्रतिनिधिसभाको चुनाव असम्भव हुने जोखिमलाई ध्यानमा राख्दै कार्की सरकार गठनको तीन महिनापछि भेटका लागि तयार भएकी हुन् । 

बैठकको पहल राष्ट्रपति पौडेलले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update