कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा १५औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न भएको छैन । जसका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ ।
बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ १३:५३
प्रतिक्रिया दिनुहोस्


