नेपाल न्युज प्वाइन्ट डटकम
सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की

काठमाडौंः अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छिन् । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताइन् । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको उनको भनाइ छ ।

उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताइन्। राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उनको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको भनाइ राखिन् । विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको उनको भनाइ छ । सबैलाई निर्वाचनमा आइदिन आह्वान गर्दै सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने उनको जिकिर छ ।  

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update