नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न ओली उनकै निवास महाराजगञ्ज पुगेका छन् । ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि देउवा निवास पुगेका छन् । भेटवार्तामा देउवा पत्नी तथा कांग्रेस नेता आरजु राणा देउवा पनि सहभागी छिन् ।

ओली तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक देउवा निवास पुगेका हुन् । यसअघि १९ मंसिरमा पनि दुवै नेताबीच भेटवार्ता भएको थियो ।

ओली र देउवासँगको यसअघिको भेटवार्तापछि कांग्रेसको संस्थापनपक्षका सांसदहरूलाई संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्न दबाब बढेको नेताहरूले बताएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update