पुराना नेताहरूले देशलाई दिएको दुःखको हिसाब हुन्छ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई विषालु सर्पले डसेझैं अन्याय गरिएको भए पनि त्यही विष बोकेर अझै लडिरहेकाको टिप्पणी गरेका छन् ।
चौबिसकोटीमा आयोजित सभामा, भैरहवा कारागारबाट रिहा भएलगत्तैको पहिलो सम्बोधनमा उनले आफूमाथि अन्याय भएको दोहोर्याउँदै देश र पुस्तालाई दिएको पीडाविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे ।
पुराना नेताहरूले देशलाई दिएको दुःखको हिसाब मिलाउनुपर्ने उल्लेख गर्दै उनले बदला होइन, भोक, शोक, अशिक्षा र बेरोजगारीविरुद्ध संघर्ष आवश्यक रहेको बताए ।
जेनजी युवाहरूको आन्दोलनको प्रशंसा गर्दै उनले उनीहरूको आवाज खेर जान नदिने पनि प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: शनिबार, पुस ५, २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्


