नेपाल न्युज प्वाइन्ट डटकम
प्रचण्डको चेतावनी : निर्वाचन बिथोल्ने काम कसैले नगरोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक निर्वाचन बिथोल्ने काम नगर्न चेनावती दिएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नै सहज विकल्प भएको बताए। ‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो,’ प्रचण्डले भने, ‘निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।’

पूर्वदेखि पश्चिमसम्म एकता सन्देश सभाका क्रममा जनता पनि निर्वाचनका लागि तयार भइरहेको पाएको उनको भनाइ थियो। राजनीतिक दल पनि निर्वाचनको तयारीमा जुटिरहेको उनले बताए।

प्रचण्डले जेनजी कुनै व्यक्ति वा समूहको पेवा नभएको बताउँदै जेनजीका नाममा स्टन्ट नगर्न चेतावनी दिए। ‘जेनजी कसैको पेवा होइन। हामी जेनजीका प्रतिनिधि भनेर कसैले स्टन्ट नगरे हुन्छ,’ उनले भने, ‘जेनजीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो।’

उनले गलत वा सही भन्ने कुरा विचार र एजेन्डाका आधारमा हुने जिकिर गरे। जेनजीलाई उमेरका कुरा गरेर अलमलमा नपार्न आग्रह गर्दै प्रचण्डले भने, ‘को गलत, को सही भन्ने एजेन्डा, विचारमा निभएर हुन्छ, उमेरमा होइन।’

समाजमा तीनै उमेर समूहका व्यक्ति आवश्यक हुने उनको भनाइ थियो। ‘कम्युनिस्टले भन्ने गर्छन् थ्रि इन वान। युवा, प्रौढ र वृद्ध। सबैले मिलेर समाज बन्छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update