रवि लामिछाने धरौटीमा रिहा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत बुटवलको आदेशअनुसार कागजी प्रक्रिया पूरा भएपछि उनी आज साँझ रूपन्देही जिल्ला कारागारबाट छुटेका हुन् ।
बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनलाई रिहा गरिएको हो ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो ।
रिहाइपछि भैरहवामा रास्वपाका नेता–कार्यकर्ताले खुसीयाली मनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ १९:११
प्रतिक्रिया दिनुहोस्


