नेपाल न्युज प्वाइन्ट डटकम
एमाले महाधिवेशन : ४ बजेसम्म ७ सय मत खस्यो

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदानमा अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ ।

एमालेको निर्वाचन आयोगका अनुसार २ हजार २ सय ६३ मतदाता रहेकामा ४ बजेसम्म करिब एकतिहाइ मात्र मत खसेको हो । 

एक जनाका लागि मत हाल्न औसत ४० मिनेट समय लागेको निर्वाचन आयोगले बताएको छ । जसका कारण मतदानमा ढिलाइ भएको हो ।

१९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि निर्वाचन भएको हो ।

एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update