एमालेको नेतृत्व छान्न मतदान जारी
काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान सुरु भएको थियो ।
मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका थिए । मंगलबार बेलुकाबाट हुने भनिएको मतदान विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहान मतदान सारिएको हो ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्


