ओलीले गराए उम्मेदवारी दर्ता
काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदमा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । ओलीसँग अध्यक्षमा ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् । पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
ओली र पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १५:१९
प्रतिक्रिया दिनुहोस्


