एमाले ११औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोग अध्यक्ष विजय सुब्बाले कार्यतालिका सार्वजनिक गरेका हुन् ।
कार्यतालिका अनुसार सोमबार बिहान ७ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ । मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।
८ देखि ९ बजेसम्म दाबी विरोध लिइनेछ । साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन र १० बजे छानबिन हुनेछ । सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । पुस १ गते बिहान ११ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १९:२१
प्रतिक्रिया दिनुहोस्


