कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा बस्ने गरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोध प्रस्ताव पारित गर्ने छ ।
बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको सचिव पौडेलले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १५:०६
प्रतिक्रिया दिनुहोस्


