मन्त्रिपरिषद् विस्तार गरिँदै, ४ मन्त्री थपिने
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छिन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
आज ४ मन्त्री थप्ने तयारी रहेको छ । कुमार इङनाम, माधव चौलागाईं, राजेनद्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।
मन्त्रिपरिषद् बैठक विस्तारका लागि बिहीबार प्रधानमन्त्री कार्कीले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्


