बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीमाथि तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ १४:०५
प्रतिक्रिया दिनुहोस्


