नेपाल न्युज प्वाइन्ट डटकम
संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेस पनि सर्वोच्चमा

काठमाडौं : नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ ।

विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेले वारेसमार्फत रिट सर्वोच्चमा पठाएको जानकारी दिए ।

कांग्रेस सांसदहरूको हस्ताक्षर संकलनमा घिमिरेले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

सांसदहरूको हस्ताक्षरसहित वारेसका रूपमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीले रिट पेश गरेका हुन् । खाती कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा महान्यायाधिवक्ता थिए ।

यसअघि नेकपा एमालेले पनि पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update