नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको १५औं महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म हुने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतीले अनुमोदन भएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने सहमति भएको पनि प्रवक्ता महतले बताए । 

तालिकाअनुसार पुस १५ गते वडा अधिवेशन सुरु हुनेछ ।

यसअघि महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक-पटक स्थगित हुँदै आएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update