नेपाल न्युज प्वाइन्ट डटकम
संसद् पुनर्स्थापनका लागि देशभर जनपरिचालन गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी जनपरिचालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले आगामी कात्तिक २२ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक जनभेला आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसपछि चरणबद्ध रूपमा कात्तिक २५ गते सबै स्थानीय तहहरूमा र कात्तिक २९ गते सबै जिल्लामा जनसभा गर्ने योजना बनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अन्तिम चरणमा मंसिर ६ गते राजधानी काठमाडौँमा भव्य जनसभा गर्ने तयारी गरिएको छ ।

बैठकले विधान महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई अन्तिम रूप दिएर छिट्टै प्रकाशित गर्ने निर्णय गरेको छ । साथै, सचिवालय बैठकले चार वटा समसामयिक प्रस्ताव पनि पारित गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update