शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग गरे छलफल
काठमाडौं : पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
शुक्रबार बिहान कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् ।
कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन् ।
पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको हो ।
सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नसकिने बताइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ ११:३९
प्रतिक्रिया दिनुहोस्


