बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १३ जना प्रतिनिधिको सहभागिता छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्


