नेपाल न्युज प्वाइन्ट डटकम
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीलत निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा शपथ दिलाए । यससँगै मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update