नेपाल न्युज प्वाइन्ट डटकम
आज दुई जना मन्त्रीको मात्रै शपथ हुने

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज दुई जनाको मात्रै शपथ हुने भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरू दुई जनाको मात्रै आज शपथ हुने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन् । त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो । श्रेष्ठले भूमि मन्त्री बन्ने कि नबन्ने छलफलमै रहेको बताएका छन् ।

साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए । उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update