नेपाल न्युज प्वाइन्ट डटकम
गणेश साहले गरे माओवादी केन्द्र छाडेको घोषणा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा बोल्दै साहले पार्टीमात्र नभई राजनीतिबाटै अवकाश लिएको घोषणा गरेका हुन् ।

'७५ वर्षको भएँ । माओवादी केन्द्रबाट म अलग भएँ । आगामी दिनमा कुनै पनि राजनीतिक पार्टीमा क्रियाशील हुने छैन,' उनले भने ।

उनी पूर्व विज्ञान तथा प्रविधिमन्त्री पनि हुन् ।

एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका साह पार्टीको विघटित केन्द्रीय समितिमा सचिव थिए ।

माओवादीको केन्द्रीय समिति भंग भई महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update