नेपाल न्युज प्वाइन्ट डटकम
सरकार अराजकतालाई प्रवर्धन गर्ने मतियार बनिरहेको छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवर्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर समेत गरे ।

उनले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको पनि उल्लेख गरे । 

उनले भने, ‘आज समाज एक प्रकारले भन्ने हो भने असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने जुन स्थिति सिर्जना गरिएको छ । सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवर्धन गर्ने कामको मतियार बनिरहेको देख्दा यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने कुराको गम्भिर प्रश्न खडा भएको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले मुलुकलाई विदैशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको समेत बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update