रास्वपालाई घरबेटीले भने– तीन महिनाभित्र केन्द्रीय कार्यालय भवन खाली गर्नू

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन घरधनीले तीन महिनाभित्र खाली गरिदिन आग्रह गरेका छन् ।
बनस्थलीस्थित उक्त कार्यालय घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले पार्टीसँग लामो समयदेखि भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै यो जानकारी दिएका हुन् ।
देवकोटाका अनुसार रास्वपाले १० महिनाको भाडावापतको रकम बुझाएको छैन । उनले पार्टीलाई सापट दिएको रकम पनि फिर्ता पाएको गुनासो गरेका छन् ।
देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ११:४७
प्रतिक्रिया दिनुहोस्