
काठमाडौं : नेपाली संगीत क्षेत्रमा चर्चित गायक तथा संगीतकार राजकुमार बागरको स्वर र संगीतमा भरिएको नयाँ दशैं तिहार गीत 'परदेशीको कहानी' सार्वजनिक भएको छ । यो गीतलाई प्रेम संगमले लेखेका हुन्, जसले परदेशी जीवनको पीडा र मातृभूमिप्रतिको विरहलाई भावुक ढंगले चित्रण गरेको छ ।
दशैं तिहारको उमङ्गमा रिलिज भएको यो गीतले दर्शक स्रोताको मन छुने अपेक्षा गरिएको छ ।
गीतमा राजु कार्कीको संयोजन र निरमल प्याकुरेलको सम्पादन छ । यो गीतले परदेशमा काम गर्न बाध्य नेपालीहरूको कथा बोल्छ, जसमा दशैंको बेला घर फर्कने सपना र परिवारसँगको भेटघाटको भावना प्रमुख छ । गीतका बोलहरूले परदेशीको संघर्ष, सुखदुःख र मायाको कथा बुन्दै श्रोताहरूलाई भावुक बनाउने छन् ।
नेपाली संगीत बजारमा दशैं तिहारका लागि नयाँ गीतहरूको लहर चलिरहेको बेला 'परदेशीको कहानी' ले विशेष स्थान पाउने विश्वास गरिएको छ ।