असोज १ गते शोक बिदा दिने सरकारको निर्णय, जेनजी स्मारक पार्क बनाइने
-1757943273.jpeg)
काठमाडौं : सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेको हो ।
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ ।
जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।
बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १९:१९
प्रतिक्रिया दिनुहोस्