नेपाल न्युज प्वाइन्ट डटकम
तीन मन्त्रीको नाम टुंगियो

काठमाडौं : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुंगो लगाएकी छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ । 

कार्यभार सम्हालेकै दिन प्रधानमन्त्री कार्कीले तीन मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन् । उनीहरूको शपथ भोलि सोमबार हुने तय भएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update