सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, संसद् विघटन गर्ने सहमति

काठमाडौं : पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।
शीतल निवासमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ १९:३४
प्रतिक्रिया दिनुहोस्