
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिएका छन् ।
जेन– जीको आन्दोलन चर्किएपछि मन्त्री अधिकारीले आज राजीनामा दिएका हुन् । उनले सरकारले जेन–जीमाथि गरेको दमनप्रति आक्रोश व्यक्त गरेका छन् ।
हिजो काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन– जीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो भने चारभन्दा बढी घाइते भएका छन् । सो घटनालाई लिएर चौतर्फी प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।
यसअघि नेपाली कांग्रेसबाटै मन्त्री बनेका गृहमन्त्री रमेश लेखकले पनि पदबाट राजीनामा दिएका थिए । पार्टी सभापति शेरबहादुर देउवा सरकार छाड्न तयार नभएपछि कांग्रेसका अरु मन्त्रीहरूले पनि राजीनामा दिने तयारी गरेका छन् ।