नेपाल न्युज प्वाइन्ट डटकम
एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीन वटै प्रतिवेदन बहुमतले पारित

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन बहुमतले पारित भएका छन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन ध्वनि मतका साथ बहुमतले पारित भएको छ ।

सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा उपाध्यक्ष विष्णु पाैडेलले प्रस्तुत गरेको प्रतिवेदन हलबाट पारित भएको हो ।

समापनसत्रमा बोल्दै ओलीले प्रतिवेदनको व्यवस्थामा सहमत भए पारित गर्न भनेका थिए । हलमा सहभागीहरूले ताली बजाएर पारित गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update