नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

ललितपुरः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ । 

कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update