नेपाल न्युज प्वाइन्ट डटकम
संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

काठमाडौंः संसदीय सुनुवाइ समिति (संयुक्त)को  सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए । 

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानविन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update