
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा दर्ता हुन नआएका समाजिक सञ्जा क्रमश: बन्द हुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सर्वोच्च अदालतलेसमेत सूचिकृत नभएसम्म बन्द गर्न आदेश दिएको भन्दै बन्द हुने बताएका हुन्।
‘सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ। सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्’, उनले लेखेका छन्।
रिमालले मात्र होइन। एमालेका महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्।
उनले पनि फेसबुकमा लेख्दै भनेका छन्– ‘सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौँ।’