नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औं वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उनी चीन भ्रमणमा छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदै छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update